काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

