काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पहिलो वर्षको लाभांश प्रस्ताव गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा कुण्डलिनी दरबार ब्याङक्वेट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
सञ्चालक नियुक्ती सम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन प्रस्ताव पारित गर्ने सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजनको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असोज १६ गते शुक्रवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

