काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत माघ १९ गते पारित गरेको उक्त बोनस शेयर वापत्को १२ लाख ९ हजार ८६२ दशमलव ५ कित्ता शेयर असोज ८ गते नेप्सेमा सूचीकृत गराएको हो । असोज ९ गतेदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
यस कम्पनील बोनस शेयर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत दिएको छ । पुस १४ गते लाभांश प्रयोजनका लागि बुक क्लोज गरिएकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।

