काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ थियो।यससँगै एक दिनमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।

