शुक्रबार, ९ असोज २०८३ | १:४२ PM
खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

लगानीबक्स सम्वाददाता ९ असोज २०८३ १२:३० अपराह्न

काठमाडौं । देशका विभिन्न क्षेत्रमा खराब मौसम र न्यून दृश्यता (भिजिबिलिटी) का कारण हवाई उडान प्रभावित भएका छन्। अपुग दृश्यताका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थल हालसम्म सञ्चालनमा आउन सकेका छैनन्।

उडानको अवस्था तथा समयतालिकासम्बन्धी थप जानकारीका लागि यात्रुहरूलाई सम्बन्धित निकायको वेबसाइट वा मोबाइल एपमार्फत जानकारी लिन आग्रह गरिएको छ। मौसममा सुधार आएसँगै उडान सञ्चालन सामान्य हुने अपेक्षा गरिएको छ।