शनिबार, १० असोज २०८३ | ५:०० PM
च्यासलमा बढ्दो पानीको बहावपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत निरीक्षण

च्यासलमा बढ्दो पानीको बहावपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत निरीक्षण

लगानीबक्स ९ असोज २०८३ २:२६ अपराह्न

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालय आसपास क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि स्थलगत निरीक्षण गरेका छन्।

पानीको बहावबाट हुन सक्ने सम्भावित जोखिमको मूल्याङ्कन गर्दै उनले कार्यालय परिसर तथा आसपासको अवस्थाबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा सम्बन्धित निकायसँग क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिइएको जनाइएको छ।

गृहमन्त्री गुरुङले पानीको बहाव थप बढेमा हुन सक्ने क्षति न्यूनीकरण तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायलाई सतर्क र सक्रिय रहन निर्देशन दिएका छन्।