शुक्रबार, ९ असोज २०८३ | ८:५१ PM
कुलेखानी बाँध सुरक्षित, ढोका खोल्नुपर्ने अवस्था नरहेको प्राधिकरणको जानकारी

कुलेखानी बाँध सुरक्षित, ढोका खोल्नुपर्ने अवस्था नरहेको प्राधिकरणको जानकारी

लगानीबक्स ९ असोज २०८३ ८:१५ अपराह्न

काठमाडौं । कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमै रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको जनाएको छ। जलाशय क्षेत्रमा हाल न्यून वर्षा भइरहेकाले तत्काल कुनै जोखिम नरहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार भविष्यमा बाँधका ढोका खोल्नुपर्ने अवस्था सिर्जना भएमा तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सरोकारवालालाई पूर्वजानकारी दिन तीन चरणको चेतावनी प्रणाली लागू गरिएको छ। प्रत्येक चरणमा साइरन बजाइनेछ भने एसएमएसमार्फत समेत आवश्यक सूचना प्रवाह गरिने व्यवस्था गरिएको छ।

यसैबीच, सामाजिक सञ्जालमा विदेशका दृश्य तथा पुराना भिडियो प्रयोग गर्दै “कुलेखानी बाँध फुट्यो” भन्ने भ्रामक सामग्री फैलाइएकोप्रति प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ। यस्ता अपुष्ट सूचना र भिडियोमा विश्वास नगर्न तथा आधिकारिक स्रोतबाट पुष्टि नगरी शेयर नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्राधिकरणले आधिकारिक सूचना तथा सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशनको पालना गर्न सबैमा अनुरोध गरेको छ।