शनिबार, १० असोज २०८३ | १२:०७ PM
गोठमा सुतिरहेका बेला ढुङ्गा लाग्दा डोल्पामा एक जनाको मृत्यु 

गोठमा सुतिरहेका बेला ढुङ्गा लाग्दा डोल्पामा एक जनाको मृत्यु 

लगानीबक्स १० असोज २०८३ ९:४३ पूर्वाह्न

काठमाडौं । डोल्पामा वर्षासँगै भिरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडास्थित बगर हरेलखोलामा रहेको गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भिरबाट खसेको ढुङ्गा लाग्दा ३३ वर्षीय मनरुप के.सी.को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मिति २०८३ असोज ९ गते राति करिब ९:४५ बजे भएको उक्त घटनामा ३८ वर्षीय चन्द्ररुप के.सी. पनि घाइते भएका छन्। उनको ढाडमा चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।