शनिबार, १० असोज २०८३ | ८:३६ PM
प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता,कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा विमानस्थलमा स्वागत

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता,कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा विमानस्थलमा स्वागत

लगानीबक्स सम्वाददाता १० असोज २०८३ ७:२० अपराह्न

काठमाडौं । संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्कनुभएको छ। उहाँ शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

प्रधानमन्त्री शाहलाई विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वागत गर्नुभयो। स्वागतका क्रममा गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल पनि उपस्थित हुनुहुन्थ्यो।

प्रधानमन्त्री शाह गत मंगलबार संयुक्त राष्ट्र संघको ८१औँ महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। महासभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन, विपद् जोखिम र हिमाली क्षेत्रका चुनौतीबारे नेपालको धारणा प्रस्तुत गरेका छन् ।