आइतबार, ११ असोज २०८३ | ११:५३ AM
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, बस्तीका स्थानीय सुरक्षित स्थानमा…

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, बस्तीका स्थानीय सुरक्षित स्थानमा स्थानान्तरण

लगानीबक्स सम्वाददाता ११ असोज २०८३ १०:१३ पूर्वाह्न

पर्वत । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्। आज बिहान करिब ८ बजे आएको बाढीले बस्तीका करिब ८० घरमध्ये २५ घर बगाएको प्रहरीले जनाएको छ। अन्य घरहरू पनि जोखिममा रहेका छन्।

घटनामा हालसम्म कुनै मानवीय क्षति नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न

नसकेको जनाइएको छ। उक्त स्थान प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।