आइतबार, ११ असोज २०८३ | १२:४१ PM
सुनचाँदीको मुल्य सामान्य बढ्यो

सुनचाँदीको मुल्य सामान्य बढ्यो

लगानीबक्स सम्वाददाता ११ असोज २०८३ ११:३३ पूर्वाह्न

काठमाडौं । आज नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि शुक्रबार यसको मूल्य ४ हजार ६२० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।