काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य २ लाख ९९ हजार ३ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।


