काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट यो वर्ष कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष कर समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने बोनस शेयर पनि वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि वितरण गरिने जानकारी कम्पनीले दिएको छ ।


