Ad
मंगलबार, १३ असोज २०८३ | ६:३४ AM
संस्थापकले नकिनेपछि सर्वसाधारणमा विक्रीमा आयो सूर्योदय वोमी लघुवित्तको ५६ हजारभन्दा…

संस्थापकले नकिनेपछि सर्वसाधारणमा विक्रीमा आयो सूर्योदय वोमी लघुवित्तको ५६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

लगानीबक्स १२ असोज २०८३ १:४१ अपराह्न

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र यी शेयर विक्री खुला गर्दा विक्री नभएकाले दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागिएको हो ।

असोज १२ गते कम्पनीले सूचना जारी गर्दै कम्पनीले आगामी ३५ दिनभित्र इच्छुक खरीदकर्ताहरुले यी शेयर खरीदको आवेदन पेश गर्न भनेको हो । आवेदन कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा पेश गर्नुपर्नेछ । शेयरको विक्री मूल्य भने विक्रेताले तोके बमोजिम हुने जानकारी समेत कम्पनीले दिएको छ ।