मंगलबार, १३ असोज २०८३ | ४:११ PM
प्रधानमन्त्री शाहले गरे भारतीय राजदूतसँग बिदाइ भेट

प्रधानमन्त्री शाहले गरे भारतीय राजदूतसँग बिदाइ भेट

लगानीबक्स सम्वाददाता १३ असोज २०८३ ३:०६ अपराह्न

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् । ​नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सम्माननीय प्रधानमन्त्रीसँग भेट गरेका हुन।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे ।पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गरे ।