मंगलबार, १३ असोज २०८३ | ५:०९ PM
कालिका पावरको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

कालिका पावरको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

लगानीबक्स १३ असोज २०८३ ३:५५ अपराह्न

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । २०८२ साल पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर वापत्को ६ लाख ५३ हजार ७६४ दशमलव ६५ कित्ता शेयर कम्पनीले असोज १३ गते नेप्सेमा सूचीकृत गराएको हो ।

यी शेयर असोज १४ गतेदेखि कारोबारयोग्य हुनेछन् भने सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।

२०८२ साल पुस १८ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेकाले कम्पनीका पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र बोनस शेयर प्राप्त गर्नेछन् ।