काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३६३ वटा कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा कारोबार रकम ७३ करोड ९ लाख रुपैयाँले घटेको हो। सोमबार कारोबार रकम ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।४३ अंक घटेको छ। यस दिन ११ उप समूह घटेका छन् । २ उप समूह बढेको छ । बैंकिङ ०।१६ प्रतिशत, विकास बैंक ०.४५, वित्त ०.३२, होटल्स तथा पर्यटन समूह ०.६५, जलविद्युत ०.५२, लगानी ०।.२, जीवन बीमा ०.३७, उत्पादन र प्रशोधन ०.५०, लघुवित्त ०.५५, म्युअुचल फण्ड ०.४३, र व्यापार समूह १.८७ प्रतिशतले घटेका छन्। निर्जीवन बीमा ०.११ प्रतिशत र अन्य समूह ०.१२ प्रतिशत बढेको छ ।
१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य करिब साढे ६ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सिद्धार्थ बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
