काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले जबरालाई प्रहरीले सुरक्षा जोखिमका कारण ‘रेस्क्यु’ गरेको दाबी गरेका हुन्। “चोलेन्द्रजीलाई प्रहरीले नियन्त्रणमा लिएको होइन, रेस्क्यु गरेको हो,” पोखरेलले भने।
जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट प्रहरीले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। प्रहरीले त्यसबेला उनको सुरक्षामा जोखिम देखिएको भन्दै कार्यालयमा ल्याइएको बताएको थियो।
