काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई बन्दमुखी प्रकृतिका योजनाहरुले यस वर्षको प्रतिफल वितरण गरेका छन् । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष ०८२।८३ का लागि १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थिए । प्रतिफल प्रयोजनका लागि दुबै योजनाहरुले भदौ २५ गते बुक क्लोज गरेकाले भदौ २४ गतेसम्म कायम इकाईधनीहरुलाई प्रतिफल वितरण गरिएको जानकारी योजना व्यवस्थापकले दिएको हो।
सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा प्रतिफल जम्मा गरिसकिएकाले आफ्नो प्रतिफल प्राप्त भए नभएको एकिन गर्न पनि योजना व्यवस्थापकले आग्रह गरेको छ । भदौ २४ गतेसम्म आफ्नो इकाई धितो बन्धक राखी कर्जा लिएका इकाईधनीहरुको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त गरि प्रभु क्यापिटलमा पेश गर्नुपर्नेछ ।
सात वर्षे अवधिको प्रभु सेलेक्ट फण्डको असार मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १३ रुपैयाँ ४ पैसा र १० वर्षे अवधिको प्रभु स्मार्ट फण्डको असार मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य १४ रुपैयाँ ३ पैसा छ ।
