काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ ले प्रस्ताव गरेको २ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको छ । प्रस्तावित लाभांश प्रयोजनका लागि योजना व्यवस्थापकले भदौ २४ गते एक दिन बुक क्लोज गरेको थियो ।
बुक क्लोजको आधारमा भदौ २३ गतेसम्म कायम इकाईधनीहरुलाई यस वर्षको प्रतिफल वितरण गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ । सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा प्रतिफल वितरण गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।
भदौ २३ गतेसम्म आफ्नो इकाई धितोबन्धक राखेका इकाईधनीहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त गरी मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्नु योजना व्यवस्थापकले दिएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको या योजना २०८१ साल पुस ४ गतेदेखि सञ्चालनमा रहेको छ ।
