काठमाडौं । जिल्ला कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका –०४ र भीमदत्त नगरपालिका –१३ जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि पुलबाट हुने आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ ।
मिति २०८३।०६।१४ गते रातिको समयमा उक्त स्थानमा रहेको करिब १ हजार ४५३ मिटर लामो झोलुङ्गे पुलका ८ वटा पिल्लर मध्ये पिल्लर नं. ३ भाँचिदा पुलको करिब ६ मिटर भत्किएको छ। पुलको उक्त भाग भत्किएपछि हाल आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ ।
