काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ थियो ।
यता चाँदी पनि ३० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँ थियो ।
