बिहीबार, १५ असोज २०८३ | २:३२ PM
आज सुनचाँदीको मूल्य स्थिर छ

आज सुनचाँदीको मूल्य स्थिर छ

लगानीबक्स सम्वाददाता १५ असोज २०८३ ११:४२ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९४ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७८।८३ अमेरिकी डलर र चाँदी ६१।१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।