काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडका आधारभूत शेयरधनी दिपेन्द्र बहादुर साउदले आफ्नो स्वामित्वको शेयर दोस्रो बजारमा विक्री गर्ने भएको छन् । उनले कम्पनीको १ लाख कित्ता शेयर विक्री गर्न चाहेका हुन । पछिल्लो समय आधारभूत शेयरधनीहरुले आफ्नो स्वामित्वको ५ प्रतिशत वा सोभन्दा बढी शेयर विक्री गर्ने भएमा त्यसको जानकारी १५ दिनअघि दिनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम साउदले आगामी तीन महिनाभित्र आफ्नो १ लाख कित्ता शेयर विक्री गर्ने जानकारी कम्पनीलाई गराएका हुन । यस अघि कम्पनीका आधारभूत शेयरधनी विश्वकान्त गौतमले २५ हजार कित्ता र हाथवे इन्भेष्टमेन्ट नेपालले १ लाख १५ हजार कित्ता शेयर विक्रीको जानकारी गराएका थिए । हालसम्म तीन आधारभूत शेयरधनीहरुले कम्पनीको शेयर दोस्रो बजारमा विक्री गर्ने जानकारी गराएका छन् ।
