शुक्रबार, १६ असोज २०८३ | १:०३ PM
सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि…

सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

लगानीबक्स १६ असोज २०८३ ११:५० पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कायम रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।