शनिबार, १७ असोज २०८३ | ९:१० PM
पानस हर्बल उद्योगले ल्यायो नयाँ ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’

पानस हर्बल उद्योगले ल्यायो नयाँ ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’

लगानीबक्स १७ असोज २०८३ ८:४७ अपराह्न

काठमाडौं । पानस हर्बल उद्योग प्रालिले विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मालिसका लागि प्रयोग गर्न सकिने नयाँ ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ बजारमा ल्याएको छ।

प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीहरूको मिश्रणबाट तयार गरिएको यस आयुर्वेदिक मालिस तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर तथा जैतुन लगायतका सामग्रीहरू समावेश गरिएको छ।

यस तेललाई जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशी दुख्ने र तन्किने समस्यामा मालिसका लागि प्रयोग गर्न सकिन्छ। मालिस गर्दा शरीरमा आराम र ताजगीको अनुभूति हुनुका साथै दैनिक थकान तथा मांसपेशीमा हुने असहजतामा समेत प्रयोग गर्न सकिने जनाइएको छ।

२०० मिलिलिटरको यस तेलमा जाइफलको मालिस तेल ३० मिलिलिटर, लसुनको मालिस तेल २४ मिलिलिटर, तुलसीको मालिस तेल २० मिलिलिटर, ल्वाङको मालिस तेल ६ मिलिलिटर, एलोभेरा २० मिलिलिटर, अजवाइनको मालिस तेल ३० मिलिलिटर, युकालिप्टसको मालिस तेल ३० मिलिलिटर, पेपरमिन्टको मालिस तेल १० मिलिलिटर, भीमसेनी कपूरको मालिस तेल ३ मिलिलिटर र जैतुनको मालिस तेल २७ मिलिलिटर समावेश गरिएको छ।

प्रयोग गर्ने तरिका

दुखाइ वा असहजता भएको भागमा आवश्यक मात्रामा जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल लगाई हल्का हातले केही समय मालिस गर्न सकिन्छ। आवश्यकता अनुसार दिनमा दुईदेखि तीन पटकसम्म प्रयोग गर्न सकिनेछ।

सावधानी

यो तेल बाह्य प्रयोगका लागि मात्र हो। बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्नेछ। आँखा तथा खुला घाउमा नपार्न र चिसो तथा ओभानो ठाउँमा प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगाएर राख्नुपर्नेछ। प्रयोग गर्दा कुनै असामान्य प्रतिक्रिया देखिएमा प्रयोग बन्द गरी स्वास्थ्यकर्मीको सल्लाह लिन सुझाव दिइएको छ।

उत्पादनसम्बन्धी विवरण

उत्पादन: जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल
परिमाण: २०० मिलिलिटर 
उत्पादक: पानस हर्बल उद्योग प्रालि., काठमाडौं, नेपाल
बजार व्यवस्थापक: अस्मी वेलनेस इन्डस्ट्रिज, ललितपुर, नेपाल
दर्ता नं.: २५/३७७/०७४/०७५
औषधि व्यवस्था विभाग नं.: ३८६/०८१/०८२
उत्पादन सूची नं.: ११/०८३/०८४–पिएचयु–०२