मंगलबार, २० असोज २०८३ | १२:२३ PM
सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १५ रुपैयाँले घट्यो

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १५ रुपैयाँले घट्यो

लगानीबक्स सम्वाददाता २० असोज २०८३ ११:१२ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा दबाब परिरहेका बेला नेपाली बजारमा सुनको भाउ स्थिर रहे पनि चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।