काठमाडौं । सिक्लेस हाईड्रापावर लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लागि कुल १३ दशमलव ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ९७ करोड ७५ लाख रुपैयाँको आधारमा १२ दशमलव ७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षभन्दा यो वर्ष कम लाभांश दिन लागेको हो । गत वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।
