काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको नयाँ कार्यकालका हिजो भएको निर्वाचन सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ।
कार्यसमितिमा संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् भने उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य र उपाध्यक्ष (महिला) मा दिपज्योती थापा चयन भएका छन्। त्यसैगरी महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल, सचिव (समावेशी) मा महम्मद जलिम निर्वाचित भएका छन्। कोषध्यक्षमा मनिष अञ्जान र सहकोषाध्यक्षमा अर्जुन गुरागाईं चयन भएका छन्। सदस्य पदमा सुशिल नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) र रतन बहादुर चन्द निर्वाचित भएका छन्।
नयाँ नेतृत्व लिएका नवनिर्वाचित कार्यसमितिले चलचित्र पत्रकारिताको विकास साथै व्यावसायिकता अभिवृद्धि तथा पत्रकारहरूको हक र हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

