काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने कार्यक्रम तय भएको हो।
बैठकमा सरकारका समसामयिक विषय, नीतिगत निर्णय तथा प्रशासनिक एजेन्डामाथि व्यापक छलफल हुने जनाइएको छ। विभिन्न मन्त्रालयहरूको कार्यप्रगति समीक्षा, नीतिगत सुधारका प्रस्ताव तथा आवश्यक निर्णयहरूबारे पनि बैठकमा विचार विमर्श गरिने अपेक्षा गरिएको छ।

