काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । वैशाख ९ गते कम्पनीले ३ करोड ५० लाख कित्ता यस्तो शेयर नेप्सेमा सूचीकृत गराएको हो । एसबिएलपिएनपी स्टक संकेतबाट कम्पनीको यी शेयर सूचीकृत भएसँगै वैशाख १० गतेदेखि कारोबारयोग्य हुनेछन्। दोस्रो बजारमा कारोबार हुने यस प्रकारका शेयर संस्थागत लगानीकर्ताकाबीच मात्र कारोबार हुनेछ ।
सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी र सामूहिक लगानीकोषहरुले यस्तो शेयर कारोबार गर्न नपाईने व्यवस्था रहेको छ । यस कम्पनीले सञ्चित नाफा गरेको अवस्थामा मात्र वितरण गर्ने गरि ८ दशमलव २५ प्रतिशत निश्चित लाभांश तोकेर यी शेयर जारी गरेको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले यी शेयर जारी गर्न गत पुस २१ गते अनुमति दिएको थियो ।

