२०८३ वैशाख १० | ५:१० PM
नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ४०१ रुपैयाँमा…

नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ४०१ रुपैयाँमा विक्रीमा 

लगानीबक्स २०८३ वैशाख १० ३:०९ अपराह्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक शेयर वैशाख १० गतेदेखि विक्रीमा आएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री खुला गर्दा वितरण नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।

प्रतिकित्ता ४०१ रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ । वैशाख २४ गतेसम्म आवेदन पेश गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेड रहेको छ ।