२०८३ वैशाख १० | १२:१८ PM
प्रधानमन्त्री बालेनको सम्पत्ति सार्वजनिक: बैंक मौज्दात १ करोड ४६ लाख

प्रधानमन्त्री बालेनको सम्पत्ति सार्वजनिक: बैंक मौज्दात १ करोड ४६ लाख

सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी, हिरा लगायतका गहना रहेको उल्लेख छ।

लगानीबक्स २०८२ चैत २९ २:४५ अपराह्न

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख छ। उनले आफ्नो आम्दानीको प्रमुख स्रोत सामाजिक सञ्जाललाई देखाएका छन्।

सम्पत्ति विवरणमा उनले फेसबुकमा करिब ४० लाख, युट्युबमा १२ लाख र एक्स (ट्विटर) मा ५ लाख फलोअर्स रहेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत प्राप्त आम्दानीलाई उनले आफ्नो आयको आधारका रूपमा प्रस्तुत गरेका छन्।

त्यस्तै, उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी, हिरा लगायतका गहना रहेको उल्लेख छ। उक्त गहनाको स्रोत ‘पैत्रिक’ रहेको विवरणमा जनाइएको छ।