आइतबार, १५ कार्तिक २०८३ | १०:३९ AM
काङ्ग्रेस सभापति गगनकुमार थापाले आज विशेष सम्बोधन गर्नुहुने

काङ्ग्रेस सभापति गगनकुमार थापाले आज विशेष सम्बोधन गर्नुहुने

लगानीबक्स सम्वाददाता १५ कार्तिक २०८३ ८:५५ पूर्वाह्न

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्नु हुनेभएको छ। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केहीदिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लाग्नुभएको हो।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय श्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा सभापति थापाले विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ। उहाँले सम्वोधन गर्नु अघि प्रमुख पदाधिकारीहरुसँग छलफल पनि गर्नुहुने जनाइएको छ।

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा काङ्ग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ।