काठमाडौं । शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज माननीय शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष आयोगको अठारौँ वार्षिक प्रतिवेदन, २०८३ पेश गर्नुभएको छ।
आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादित प्रमुख कार्यहरू, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौतीहरू र आगामी कार्यदिशा समेटिएको उक्त प्रतिवेदनमा आयोगका समग्र गतिविधि र उपलब्धिहरूको विवरण प्रस्तुत गरिएको छ।
प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीज्यूका सल्लाहकार, सहसचिवहरू, प्रशासकीय प्रमुख तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
