काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार रहेको बताउएका छ्न ।
सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारहरूको प्रत्यक्ष स्थलगत अवलोकन पछि मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको महाकुम्भ आयोजनामा कर्णाली तयार रहेकोमा विश्वस्त रहन आग्रह गरे।
अवलोकनका क्रममा मन्त्री पोखरेलले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवाला पक्षहरूसँग पूर्वाधार निर्माणका पछिल्ला विकासक्रम र बाँकी कामबारे छलफल गरे।
“निरन्तरको प्रयास र संवादले पूर्वाधार निर्माणको गतिलाई अझ तीव्र बनाएको छ,” निरीक्षणपछि “हाम्रा रंगशाला र संरचनाहरू तयार हुँदैछन्। देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहहरूमा उत्तिकै उत्साह र तत्परता देखिएको छ।”
मन्त्री पोखरेलले प्रतियोगिता सुरु हुन बाँकी ३० दिनको ‘काउन्टडाउन’ सुरु भएको घोषणा समेत गरे।
लामो समयदेखि विविध कारणले रोकिएको राष्ट्रिय खेलकुदलाई अब कर्णालीको भूगोलले नयाँ उचाइ दिने समग्र भन्दै गरे खेल क्षेत्र र खेलाडीहरू पूर्ण रूपमा उत्साही रहेको उल्लेख गरे ।
दसौँ राष्ट्रिय खेलकुद लक्षित सुर्खेत भ्रमणको क्रममा मन्त्री पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग पनि आइतबार छलफल गरे ।
