२०८२ चैत २८ | ३:४२ PM
प्रभु बैंक र पोखराका दुई लजबीच विशेष विशेष छुट सम्झौता

प्रभु बैंक र पोखराका दुई लजबीच विशेष विशेष छुट सम्झौता

लगानीबक्स २०८२ चैत २६ 12:06 pm

काठमाडौं । प्रभु बैंक लिमिटेड र फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लज प्रा.लि बीच विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मिति २०८२ चैत २५ गते सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत दीपेन्द्र बाबु बिष्ट तथा लजहरूको तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ती लजहरूमा उपलब्ध सेवा तथा सुविधामा विशेष छुट पाउनेछन्। सेवा उपयोग गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य डिजिटल माध्यममार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

लजमार्फत उपलब्ध आवास सेवामा संस्थागत विशेष छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ।

प्रभु बैंकले देशभरका ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै गुणस्तरीय बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ।