काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाको सचिवालय र जिन्जी राजावादीहरूबीच कुटाकुट भएको छ ।
शनिबार पृथ्वीपथ प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठी कार्यक्रममा ललितपुरको कुपन्डोल स्थित हिमालय होटलमा जेन्जी राजावादी र सञ्चारकर्मीहरूले कमल थापाको द्वैत चरित्र प्रति प्रश्न सोधेपछि विवाद चर्किएको हो।
जेन्जी राजावादीका लिडर सुरेन्द्र केसीले आरिससका प्रतिनिधि र कमल थापा लगायत लाई तपाईँहरू हिन्दू राष्ट्र मात्रै ल्याउन चाहनुभएको हो वा राजसंस्थासहितको हिन्दू राष्ट्र ल्याउन खोज्नुभएको हो त्यसको बारेमा स्पष्ट पारिदिनुस् भन्ने प्रश्न सोधेका थिए ।
यसैगरी उनले कमल थापालाई तपाईं कहिले सूर्यचिन्हबाट निर्वाचनमा जाने कहिले हलो चिन्ह लिएर निर्वाचनमा जाने कहिले कम्युनिस्ट बन्ने कहिले राजावादी बन्ने यस्तो द्वैत चरित्रका कारण राज संस्था बदनाम भएको छ, तपाईँ यसरी राजसंस्था बदनाम किन गर्नुहुन्छ भन्दा उल्टै प्रश्नकर्तालाई तपाईंले ज्यान मार्नेगरी आक्रमण गर्नुभयो भन्दै गर्दा कमल थापा मञ्चबाट उठेर भागेका थिए।
लगत्तै कमल थापाका सचिवालयका सदस्य उज्ज्वल पोखरेलले जेन्जी युवा सुरेन्द्र केसीमाथि आक्रमण गरेका थिए।जसका कारण केहिबेर त्यहाँको वातावरण नै कोलाहलमय भनेको थियो ।
युवाहरूले आरएसएस मुर्दाबाद, कमल थापा, मुर्दाबाद भन्दै राजसंस्थाको पक्षमा नारा लगाएका थिए।
एता आरएसएसका प्रतिनिधि नरेन्द्रले भने आफू यतिबेला आर एसएसको कुनै पनि ओहोदामा नरहेको भन्दै राजसंस्थाप्रति कुनै पनि धारणा दिन चाहेनन ।नेता भएपछि धेरै कुरा सहनुपर्ने हुन्छ। आफूलाई सोधिएका प्रश्नको जवाफ दिनुको साटो प्रश्नको जवाफबाट भागेर उल्टै आक्रमणमा उत्रिएपछि कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

