बिहीबार, २५ भदौ २०८३ | ६:४६ PM
प्रधानमन्त्री राहत कोषमा नेपाली कांग्रेसको एक करोड योगदान

प्रधानमन्त्री राहत कोषमा नेपाली कांग्रेसको एक करोड योगदान

लगानीबक्स २२ भदौ २०८३ ३:४१ अपराह्न

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

पार्टीको तर्फबाट चेक हस्तान्तरण गर्न महामन्त्री पौडेल,कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरु अर्थ मन्त्रालय आउनुभएको थियोे ।