२०८३ वैशाख १० | १२:१७ PM
नेपाल माइक्रो इन्स्योरेन्सको वैशाख १० गतेको वार्षिक साधारण सभा स्थगित

नेपाल माइक्रो इन्स्योरेन्सको वैशाख १० गतेको वार्षिक साधारण सभा स्थगित

लगानीबक्स २०८३ वैशाख ६ ७:४५ अपराह्न

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख १० गतेका लागि बोलाएको तेस्रो वार्षिक साधारण सभा हाललाई स्थगित भएको छ । वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस अघिको तेस्रो वार्षिक साधारण सभाको सूचनालाई रद्द गर्ने निर्णय गरेको हो।

कम्पनीले वैशाख १० गते चितवन मिडटाउन होटलमा विहान ११ बजे सभा बोलाएको थियो । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिन बुक क्लोज समेत गरिसकेको थियो । बुक क्लोजको निर्णय पनि रद्द गर्ने जानकारी कम्पनीले दिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि कम्पनीले तेस्रो वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीले यस अघि जारी गरेको सूचनामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने प्रस्तावहरु रहेका थिए ।

यो वाहेक कम्पनीले सामाजिक उत्तर दायित्व शिर्षक अन्तर्गत खर्च गरेको रकम अनुमोदन प्रस्ताव सभाका लागि तय भएको थियो ।