काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । गिरी कमपनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
उनले कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत काम गरिसकेका छन् । गिरीले कम्पनीको व्यवसाय विस्तार, लघुबीमा सेवाको पहुँच बृद्धि तथा संस्थागत व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । भोलीका दिनमा पनि कम्पनीको व्यवसाय विस्तारमा गिरीको महत्वपूर्ण योगदान रहने अपेक्षा कम्पनीले गरेको छ ।
