Ad
बिहीबार, १० मंसिर २०८३ | ७:५० PM
प्रभु महालक्ष्मी लाइफको संस्थापक तर्फको स्वामित्व ८.४७ प्रतिशत घट्यो

प्रभु महालक्ष्मी लाइफको संस्थापक तर्फको स्वामित्व ८.४७ प्रतिशत घट्यो

लगानीबक्स सम्वाददाता ३० कार्तिक २०८३ ३:५६ अपराह्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिवर्तन भएको छ । कम्पनीले संस्थापक तर्फ हाल कायम ८४ दशमलव ६७ प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व घटाएर ७६ दशमलव २० प्रतिशत कायम गरेको हो । संस्थापक तर्फको शेयर संरचना घटेपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा हाल कायम सर्वसाधारणतर्फको १५ दशमलव ३३ प्रतिशत स्वामित्व बढेर २३ दशमलव ८० प्रतिशत भएको छ ।

शेयर स्वामित्व परिवर्तनका लागि कम्पनीले २०८२ साल चैत २७ गते सार्वजनिक सूचना प्रकाशित गरी आफ्नो स्वामित्वको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहने शेयरधनीहरुलाई सातदिनभित्र लिखित निवेदन पेश गर्न भनेको थियो । सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट लिखित निवेदन प्राप्त नभएकाले कम्पनीले २०८३ साल कात्तिक १६ गतेसम्म कायम रहेका सम्पूर्ण संस्थापक शेयरधनीहरुको समानुपातिक आधारमा १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गरेको जानकारी दिएको हो । परिवर्तित शेयर संरचना बमोजिम कम्पनीले कात्तिक २० गतेनै नेप्सेमा शेयर अद्यावधिक गराईसकेको छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ३० करोड ७७ लाख ९४ हजार रुपैयाँ छ ।