काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । मंसिर ८ गतेदेखि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । प्रतिकित्ता २५० रुपैयाँ मूल्यमा यी शेयर विक्रीका लागि कम्पनीले सूचना जारी गरेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले मंसिर ८ गतेदेखि लागू हुने गरी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने भनाई कम्पनीको छ । तोकिएको अवधिभत्रि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री नभएमा यी शेयर दोस्रो चरणमा भने योग्य व्यक्ति तथा संस्थामा विक्री हुने जानकारी समेत कम्पनीले दिएको छ ।

