काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनआईसी एशिया बैंक लिमिटेडको वितरणयोग्य नाफा १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिसम्म ६ अर्ब २४ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको वितरणयोग्य नाफा यो वर्ष बढेको हो ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष खुद नाफा भने ४ दशमलव ३२ प्रतिशत बृद्धि गरेको छ । गत वर्ष १२ करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष भने १२ करोड ७४ लाख रपयाँभन्दा बढी खुद नाफा गरेको हो ।
इम्पेरमेन्ट चार्ज रकम यो वर्ष करिब २२ प्रतिशत कम भएसँगै कम्पनीको खुद नाफामा भने बृद्धि हुन पुगेको हो । गत वर्ष १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यो वर्ष भने ९२ करोड ९४ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो । सञ्चालन नाफा भने या वर्ष साढे १६ प्रतिशत कम भए पनि गैर सञ्चालन खर्च नभएकाले खुद नाफा सकारात्मक बनेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ भने जगेडा कोष रकम २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म ३ खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ।
कम्पनीको निष्क्रिय कर्जा भने बढेको छ । गत वर्ष ६ दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष भने ९ दशमलव ८१ प्रतिशत पुगेको हो । यस अवधिसम्म प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७२ रुपैयाँ ५३ पैसा छ ।
