आइतबार, १५ कार्तिक २०८३ | ३:३३ PM
खुद नोक्सानी सुधार्दै सिटिजन्स बैंकले पहिलो त्रैमाससम्म कमायो करिब ११…

खुद नोक्सानी सुधार्दै सिटिजन्स बैंकले पहिलो त्रैमाससम्म कमायो करिब ११ करोड खुद नाफा

लगानीबक्स सम्वाददाता १५ कार्तिक २०८३ १:२५ अपराह्न

काठमाडौं । सिटिजन्स बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १० करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म २२ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम करिब ३८ प्रतिशत कम भएकाले खुद नाफा सकारात्मक बनेको हो । गत वर्ष १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यो वर्ष भने १ अर्ब ७ करोड रुपौँभन्दा बढी रहेको हो ।

कम्पनीको सञ्चालन नाफा पनि यो वर्ष ११ करोड १६ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनी ३७ करोड १८ लाख रुपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको थियो । खुद नाफामा रहेको यस कम्पनीको वितरणयोग्य नाफा भने ४४ करोड ८४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १६ अर्ब ९ करोड ६७ लाख ४७ हजार रुपैयाँ छ भने जगेडा कोषमा ९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी छ ।

पहिलो त्रैमाससम्म २ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ खर्ब ७५ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ६ दशमलव ८४ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष घटेर ६ दशमलव ८० प्रतिशतमा झरेको छ । पहिलो त्रैमाससम्म २ रुपैयाँ ६८ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५५ रुपैयाँ ४३ पैसा छ ।