सोमबार, १६ कार्तिक २०८३ | १:०९ PM
युनिलिभर नेपालले यो वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्ने

युनिलिभर नेपालले यो वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्ने

लगानीबक्स सम्वाददाता १६ कार्तिक २०८३ ११:२५ पूर्वाह्न

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्ने भएको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा प्रतिशेयर १ हजार ५४० रुपैयाँ कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष प्रतिशेयर १ हजार ८४२ रुपैयाँ कर समेत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीले आगामी वार्षिक साधारण सभाको मिति तय गर्न बाँकी छ । साधारण सभा प्रयोजनका लागि भने कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।