आइतबार, १५ कार्तिक २०८३ | ७:३४ PM
नबिल बैंकले ५.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न बोर्डसँग माग्यो…

नबिल बैंकले ५.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

लगानीबक्स सम्वाददाता १५ कार्तिक २०८३ ६:०४ अपराह्न

काठमाडौं । नबिल बैंक लिमिटेडले ५ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १० वर्षे अवधिको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असोज २८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मूल्यमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ ।

कुल कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट परिपत्र विधिमार्फत विभिन्न संघसंस्थामा विक्री गरिने र बाँकी १६ लाख कित्ता भने सामूहिक लगानीकोष समेत सर्वसाधारणमा जारी हुने जानकारी कम्पनीले दिएको छ । यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।