काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडलेको संस्थापक र कर्मचारीतर्फको शेयरको लकइन अवधि मंसिर १९ गतेपछि सकिने भएको छ । संस्थापक तर्फको ५५ लाख कित्ता र कर्मचारीतर्फको २७ हजार ५०० कित्ता शेयरको लकइन मंसिर १९ गतेपछि सकिने भएको हो ।
यी शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्मका लागि लकइनमा रहेको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल मंसिर १३ गते आईपीओ बाँडफाँट गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँ छ । कुल शेयर पूँजीमा संस्थापक तर्फ ८० प्रतिशत र सर्वसाधारणतर्फ २० प्रतिशत स्वामित्व रहेको छ ।
