२०८३ जेठ ११ | ४:१५ PM
एनआरएनए वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा उपाध्यक्ष न्यौपाने नियुक्त

एनआरएनए वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा उपाध्यक्ष न्यौपाने नियुक्त

नेपाली श्रमिकको हकहित र सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

लगानीबक्स २०८२ चैत २३ ६:१९ पूर्वाह्न

काठमाडौं । गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा नियुक्त गरिएको छ। संघको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार उनलाई २०२५–२०२७ कार्यकालका लागि यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो, जसलाई प्रवासी नेपाली श्रमिकको हकहित र सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

संघले न्यौपानेलाई वैदेशिक रोजगारसँग सम्बन्धित नीतिगत सुधार, श्रमिक अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय समन्वयलाई प्रभावकारी बनाउने जिम्मेवारी दिएको छ। यसका लागि उनले विस्तृत कार्ययोजना (TOR) तयार पार्ने, दक्ष र अनुभवसंपन्न सदस्यहरू समेटेर टोली गठन गर्ने तथा विभिन्न गन्तव्य मुलुकका निकाय र नेपाली कूटनीतिक नियोगहरूसँग सहकार्य गर्दै परिणाममुखी काम अघि बढाउने बताए । संयोजकको जिम्मेवारी सम्हाल्दै न्यौपानेले प्रवासमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान र अधिकारलाई केन्द्रमा राखेर काम गर्न