२०८२ चैत २६ | २:४७ AM
आइसिएफसि फाइनान्सको ऋणपत्र ८ प्रतिशत ब्याजदर रहेको ऋणपत्र दोस्रो बजारमा…

आइसिएफसि फाइनान्सको ऋणपत्र ८ प्रतिशत ब्याजदर रहेको ऋणपत्र दोस्रो बजारमा सूचीकृत 

लगानीबक्स April 6, 2026 8:08 am

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ८ प्रतिशत ब्याजदरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मुल्यमा ७ वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ८ प्रतिशत आइसिएफसि डिबेञ्चर , २०८९ नामक ५ लाख कित्ता ऋणपत्र चैत २२ गतेको निर्णय अनुसार चैत २३ गते सूचीकृत गराएको हो ।

चैत २४ गतेदेखि कारोबारयोग्य हुने यी ऋणपत्र सम्बन्धित ऋणपत्र धनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीले गत फागुन ११ गतेदेखि १४ गतेसम्म यो ऋणपत्र निष्कासन खुला गरि फागुन २६ गते बाँडफाँट गरेको थियो । ऋणपत्र विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।